सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका भित्रका विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्ने काम भएको छ । पूर्व पर्यटन मन्त्री तथा प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बु, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल विद्युत प्राधिकरण इलाम बितरण केन्द्रका प्रमुख बिजुलीप्रसाद यादव सहितको टोलीले सन्दकपुरमा निर्माण भएका विकास निर्माणको अनुगमन गरेको हो ।

अनुगमन टोलीले ठेकेदारको लापरबाहीको कारणले अलपत्र रहेकोको सन्दकपुर गाउँपालीका वडा नम्बर १ अधिकारीबासको विद्युत विस्तारको कामको अनुगमन गरेको हो । टोलीले सडक निमार्णको क्रममा समस्या आएको काक्रेदेखि देउराली बाजार सम्म्को बाटोको पनि अध्ययन गरेको थियो ।

अनगुनका क्रममा सन्दकपुर बडा न १ का बडा अध्यक्ष रहर कुमार राई आम उपभोक्ता सहितको टोलीले सडक, विद्युतको योजनाहरु चाडै निमार्ण कार्य सम्पन्न गर्न निमार्ण कम्पनी बोलाएर काम गर्ने निर्णय भएको छ ।
