Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

कपडा व्यवसायी कमला बास्कोटा अचार उद्योगको मालिक 

कपडा व्यवसायी कमला बास्कोटा अचार उद्योगको मालिक 

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ ७ २०८०


कपडा व्यवसायी कमला बास्कोटा अचार उद्योगको मालिक 
इलाम । इलाम नगरपालिका ७ निवासी कमला बस्कोटाले गाउँमा खेर जाने फलफुलको संकलन गरि अचार बनाएर राम्रो आम्दानी लिन थालेकी छन् । १० किलो अकबरे खोर्सानीबाट शुरु भएको अचार उद्योगमा अहिले ३० लाख बढीको लगानी हुनुका साथै रोजगारीका अवसर पनि थपिएका छन् ।
इलाम नगरपालिका ७ निवासी कमला बास्कोटा कपडा व्यवासायी हुन् । उद्यमी बन्ने हुटहुटी भएकी बास्कोटाले २०७३ साल साउनबाट अचार उद्योग स्थापना    गरिन् । १० किलो अकबरे खोर्सानीबाट अचार बनाउन शुरु भएको बास्कोटाको उद्योगमा अहिले गाउँमा उत्पादित प्रायः कच्चापदार्थबाट अचार बनाउने गरिन्छ ।नमुना कलेक्सन अचार उद्योगमा अहिले २० प्रजातिका कच्चापदार्थबाट अचार तयार गरिन्छ । गाउँमा उत्पादन हुने फलफुल र अचारजन्य कच्चापदार्थ संकलन गरेर अचार तयार हुँदै आएको छ । १० किलो अकबरे खोर्सानीबाट शुरु भएको अचार उद्योगमा अहिले ३० लाख बढीको लगानी भएको हो । पर्यटकीय जिल्ला इलाममा आउने पर्यटकहरुको रोजाइमा तयार भएको अचार हुने गरेको छ ।
अचार उद्योगमा अहिले ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अचार उद्योग प्रवद्र्धन गर्न घरेलु तथा साना उद्योग कार्यालयले ५ वर्ष अघि प्रविधि हस्तान्तरणबाट सहयोग गरेको थियो । उद्योगको प्रविधिको विकासमा कोशी प्रदेश सरकारको कृषि मन्त्रालयबाट डायर निर्माणमा सहयोग भएको थियो । जसबाट उद्योगमा अचार सुकाउन सहयोग पुगेको छ ।
कोसेलीको रुपमा बजारमा माग बढ्दै गएपछि बास्कोटा परिवारले अहिले ललिपप उद्योग पनि स्थापना गरेका छन् । ललिपप उद्योगमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योगमा उत्पादन भएको अचार र ललिपपको बजार एउटै छ । इलाम बजार, कन्याम, फिक्कल र अन्तुमा उत्पादन भएको अचार र ललिपप बिक्रि हुने गरको छ ।
इलाममा आउने पर्यटकहरुले कोशेलीको रुपमा अचार र दूग्ध पदार्थ खरिद गर्दै आएकाले उत्पादन भएको सामग्रीको माग र आम्दानी राम्रो छ । जसका कारण इलाममा रोजागरीसँगै उद्यम विकासमा सहयोग पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार