Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम गोल्डकप आजबाट : उद्घाटन खेलमा आयोजक रेडहर्ष र मानेभञ्ज्याङ भिड्दै

इलाम गोल्डकप आजबाट : उद्घाटन खेलमा आयोजक रेडहर्ष र मानेभञ्ज्याङ भिड्दै

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ ६ २०८०


इलाम गोल्डकप आजबाट : उद्घाटन खेलमा आयोजक रेडहर्ष र मानेभञ्ज्याङ भिड्दै

इलाम । प्रथम इलाम गोल्डकप आजबाट हुँदैछ । इलाम सदरमुकाममा सञ्चालन हुने अन्तरर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको औपचारीक उद्घाटन कार्यक्रम भइरहेको छ । ठूलो टुँडीखेलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडहर्ष र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भिड्ने भएका छन् । प्रतियोगितामा एक विदेशीसहित आठ फुटबल टोलीको सहभागिता छ ।

नेपालका ‘ए’ डिभिजन क्बल न्युरो टिम एनआरटी काठमाडौंसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवाक्लब सर्लाही, आयोजक रेडहर्ष फुटबल क्लब इलाम र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतको सहभागिता छ ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत विभिन्न टिमबाट इलाममा खेल्नेछन् । राष्ट्रिय खेलाडी विमल घर्तीमगर, सिमान्त थापा र राजेश परियार पाँचथरबाट खेल्नेछन् । त्यस्तै, सन्तोष महत बुटवलबाट, हिसुब थपलिया, अभिषेक वराई, प्रशान्त लक्सम र देवेन्द्र तामाङ झापाबाट खेल्नेछन् । त्यसैगरी, दिपक कार्की इटहरीबाट, छिरङ गुरुङ र उत्सव राई आयोजक इलामबाट खेल्ने निश्चित भएको क्लबका उपाध्यक्ष नविन तामाङले बताए ।

प्रतियोगिताको फाइनल माघ १३ गते शनिबार हुनेछ । विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मूले जानकारी दिए । यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयीमान खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।

DCIM100GOPROGOPR5695.JPG

DCIM100GOPROGOPR5696.JPG

DCIM100GOPROGOPR5700.JPG

DCIM100GOPROGOPR5701.JPG

DCIM100GOPROGOPR5702.JPG

DCIM100GOPROGOPR5703.JPG

DCIM100GOPROGOPR5704.JPG

DCIM100GOPROGOPR5705.JPG

DCIM100GOPROGOPR5706.JPG

DCIM100GOPROGOPR5707.JPG

DCIM100GOPROGOPR5709.JPG

DCIM100GOPROGOPR5710.JPG

DCIM100GOPROGOPR5711.JPG

DCIM100GOPROGOPR5712.JPG

DCIM100GOPROGOPR5713.JPG

DCIM100GOPROGOPR5714.JPG

DCIM100GOPROGOPR5715.JPG

DCIM100GOPROGOPR5716.JPG

प्रतिक्रिया
सम्बन्धित समाचार