Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

न्यु लाइट माविको १० औ बार्षिक उत्सव

न्यु लाइट माविको १० औ बार्षिक उत्सव

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन १ २०७४


न्यु लाइट माविको १० औ बार्षिक उत्सव

माइ । न्यु लाइट माध्यमिक विद्यालय माइ नगरपालिका–२ सितलीको १० औ बार्षिक उत्सव एवम अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका कोअडिनेटर रमेश राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी माइ नगरपालिकाका प्रमुख दिपक थेवे रहेका थिए ।

शिक्षक ताराप्रसाद अधिकारी र विद्यार्थी आयुस घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने कमला गिरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख थेवे, विशेष अतिथी कृष्ण खाकी, गरुवा बहुमुखी क्याम्पसका प्रमुख तारानाथ खनालले शुभकामना मन्तव्य राखेको हाम्रा सहकर्मी तेजबहादुर घिमिरेले बताए

प्रतिक्रिया
सम्बन्धित समाचार