Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षण गर्दै एमाले इलाम (तस्बिरहरु)

स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षण गर्दै एमाले इलाम (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस २८ २०८०


स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षण गर्दै एमाले इलाम (तस्बिरहरु)

इलाम । स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षण गर्दै एमाले इलाम जिल्ला कमिटीले प्रशिक्षण शुरु गरेको छ । नेकपा एमाले जिल्ला स्कुल विभागको आयोजनामा जनप्रतिनिधि प्रशिक्षण कार्यक्रम २०८० पौष १५ गतेबाट इलामममा शुरु भएको छ।
नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वार्ड अध्यक्ष, साथै वार्ड सदस्यहरू‌लाई एक दिवसीय प्रशिक्षण कार्यक्रम एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई प्रशिक्षण गर्दै आएको हो ।

नेकपा एमाले इलाम इलाम जिल्ला कमिटी अध्यक्ष,पार्टी जिल्ला स्कूल विभागक प्रमुख तथा प्रतिनिधि सभा सदस्य माननिय महेश वस्नेतको नेतृत्वमा फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका भित्रका जनप्रनितिनिधिलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको एमाले उपाध्यक्ष उदय राईले बताए ।

जनप्रतिनिधि र पार्टीको सम्वन्ध समाजवाद प्राप्तिमा जनप्रतिनिधिको दायित्व, स्थानिय सरकारको कानुन निर्माण सिमा र प्रकृया, बजेट तथा योजना निर्माण प्रक्रिया, सिमा, समन्वय र अनुगमनका बिषयमा पशिक्षण दिइने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार