नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका वडा नं ३ स्थित नामसालिङ रोडदेखी करिब १ किलोमिटर तल जंगलमा ढुंगाको ओडारमा हिजो एक बेवारिसे नानी स्थानियहरुले फेला पारेका थिए । अन्दाजी ५ बजे घाँस दाउरा गर्ने स्थानिय होम बहादुर राना र आशिष् देवानले नानी रोएको आवाज सुनेपछी गएर हेर्दा नानी देखे पछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेर उक्त नानिलाई उद्दार गरिएको थियो ।
प्रहरी र जनप्रतिनिधिको रोहबरमा नानीलाई स्थानियले हिजो राति सेकताप गरेर स्थानीय पूर्ण मगरको घरमा राखिएको थियो । नानी जन्मेको ३ देखि ४ दिन जति भएको स्वास्थ्यकर्मीले जानकारी दिएका थिए ।नानिलाई कपडा र बट्टामा दूध सहित ढुंगाको ओडारमा राखिएको अवस्थामा भेटिएको हो।
आज बिहान बच्चा भेटिएको स्थान तिर खोज तलास गर्दा आमाले खाने औषधि र बच्चाको औषधि समेत फेला पारिएको थियो ।
हिजो रातिनै स्वास्थ्य कार्यलय नयाँबजारबाट स्वास्थकर्मीहरु आएर नानिको स्वास्थ्य अवस्था जाँच गरेर त्यही राखेको थिए ।
आज माईजोगमाई गाउपालिका र जिल्ला प्रशासन कार्यलय इलामले संम्वन्व गरेर उक्त बच्चालाई जिल्ला अस्पताल इलाममा राखिएको र नानीको स्वास्थ्य अवस्था चिसोले केही समस्या भएको र स्वास्थ्यकर्मीहरुको रोहबरमा उक्त बच्चालाई राखेको माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राईले बताइन् ।
उक्त बच्चालाई माईजोगमाई गाउँपालिकाको एम्बुलेन्समा राखेर लगिएको छ ।अब पालिकाले व्यबहारिसे नानीहरुको लागि छुट्टै कार्यविधी बनाएर प्रक्रिया अगाडि बढाउने उपाध्यक्ष राईले बताइन् ।
उक्त बच्चाको पहिचान अहिले सम्म खुल्न सकेको छैन कस्ले कहाँबाट र कसरी ल्याएर त्यहा छोड्यो पत्ता लागेको छैन ।