इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण `प्रथम इलाम गोल्डकप-२०८०´ को उद्घाटन खेलमा आयाेजक रेड हर्स फुटबल क्लब र पाहुना टाेली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भिड्ने भएका छन् ।
आज भएकाे प्रतियाेगिताकाे ड्र अनुसार घरेलु टाेलीले भारतीय प्रतिद्वन्दी पाएकाे हाे ।आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित एनएसएल क्लब बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुनेछन् ।
माघ १३ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद रु ५ लाख र उपबिजेताले रु ३ लाख पाउने जनाइएको छ।
यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिडफिल्डर र उदियमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।