नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका -३ स्थित नामसालिङ रोडदेखी करिब १ किलोमीटर तल जंगलमा ढुंगाको ओडारमा एक व्यबारिसे नानी फेला परेको छ ।
अन्दाजी ५ बजे स्थानियहरु घाँस दाउरा गर्ने स्थानिय होम बहादुर राना र आशिष देवानले नानी रोएको आवाज सुनेपछी गएर हेर्दा नानि देखे पछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेर उक्त नानिलाई गाउमा ल्याएर राखिएको छ ।
प्रहरी र जनप्रतिनिधिको रोहबरमा नानीलाई स्थानियले अहिले सेकताप गरेर राखिएको छ । नानी जन्मेको ३ देखि ४ दिन जति भएको स्वास्थ्यकर्मीले जानकारी दिए ।
नानीलाई कपडा र बट्टामा दूध सहित ढुंगाको ओडारमा राखिएको अवस्थामा भेटिएको हो। नानीको पहिचान अहिले सम्म खुलेको छैन । स्वास्थ्य कार्यलय नयाँबजारबाट स्वास्थकर्मीअरु आएर नानिको स्वास्थ्य अवस्था परिक्षण गरिएको छ।
नानीको अवस्था सामान्य रहेको र स्थानीय पुर्ण बहादुर मगरको घरमा राख्ने र बाकी प्रक्रिया पूरा गरे पश्चात् के गर्ने भन्ने विषयमा आज कुरा गर्ने ३ नं वडाका वडाध्यक्ष राम घिमिरेले बताए ।