सन्दकपुर । इलामको सन्दकपुरमा स्थित नेपाल रेडक्रश सोसाइटि माईपोखरी उपशाखाका प्रथम साधारणसभा सम्पन्न भएको छ । सन्दकपुर ३ स्थित गाउँपालिकाको हलमा प्रथम साधारणसभा सम्पन्न भएको
हो । नेपाल रेडक्रश सोसाइटि माइपोखरी उप शाखाका अध्यक्ष सन्तोश खतिवडाको अध्यक्षता सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको प्रमुख आथित्यतामा भएको साधारणसभामा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, ५ वटै वडाका अध्यक्षहरु र रेडक्रश शोसाइटी इलामका मन्त्री रविन्द्र श्रेष्ठको आथित्यता रहेको थियो ।

उपशाखा सचिव युवराज गुरुङ्गले संचालन गरेको कार्यक्रममा सहसचिव तुलसा गिरि खवासले स्वागत मन्तव्य राखेकी थिइन् । साधारणसभामा नेपाल रेडक्रस सोसाइटि माईपोखरी उपशाखाका सदस्य नेत्र पराजुलीले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष अम्बिका खतिवडाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । त्यसैगरि नेपाल रेडक्रश सोसाइटि माईपोखरी उपशाखाको कार्यालय समेत स्थापना गरिएको छ । कार्यलयको नेपाल रेडक्रश शोसाइटि इलामका मन्त्री रविन्द्र श्रेष्ठ लगायतका अतिथिहरुले कार्यालयको उद्घाटन गरेका थिए ।
