Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल रेडक्रश सोसाइटी दानाबारी उपशाखाको अधिवेशन शुरु

नेपाल रेडक्रश सोसाइटी दानाबारी उपशाखाको अधिवेशन शुरु

  • सीता कार्की
  • सोमबार, माघ २९ २०७४


नेपाल रेडक्रश सोसाइटी दानाबारी उपशाखाको अधिवेशन शुरु

इलाम । नेपाल रेडक्रश शोसाइटी दानाबारी उपशाखाको १३ औ अधिवेशन माई नगरपालिका स्थित दानाबारीमा शुरु भएको छ । माई नगरपालिका २ स्थित रेडक्रसको दानाबारी उपशाखा २०५९ साल मंसिर ५ गते स्थापना भएको थियो । उपशाखाको १३ अधिवेशन र ५ औँ निर्वाचन वर्ष शुरु भएको हो ।
नेपाल रेडक्रस शोसाइटी दानाबारी उपशाखाका अध्यक्ष कृष्ण खाकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रश शोसाइटी इलाम शाखाका अध्यक्ष देवी गौतम र माई नगरपालिकाका प्रमुख दिपक थेवेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । बिसिष्ट सदस्य ३, संस्थापक सदस्य १ र आजीवन सदस्य एक सय १९ जना रहेको रेडक्रश उपशाखाको अधिवेशनमा विभिन्न समयमा भएका रक्तदान कार्यक्रममा स्वयमसेवक भई सहयोग गर्ने २१ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको सचिव मित्रप्रसाद गौतमले बताए । नयाँ नेतृत्व चयन गर्ने रेडक्रसको अधिवेशनको उद्घाटन सत्रमा माई नगरपालिकाकी उप प्रमुख विष्णुमाया आचार्य, जिल्ला समन्वय समितिका सदस्य रत्न अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार