Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

उदय चक्र स्मृति नकाउट फुटबल प्रतियोगिता : पहिलो दिन चार खेल सम्पन्न

उदय चक्र स्मृति नकाउट फुटबल प्रतियोगिता : पहिलो दिन चार खेल सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस २२ २०८०


उदय चक्र स्मृति नकाउट फुटबल प्रतियोगिता : पहिलो दिन चार खेल सम्पन्न

सन्दकपुर । इलामको सन्दकपर गाउँपालिका–३ टारीमा जारी उदय चक्र स्मृति नकाउट फुटबल प्रतियोगिताको पहिलो दिन एके एफसी, साउदेन–११, नालिफुङवा एफसी र सुतलुङ एफसीले जित हासिल गरेका छन् । प्रतियोगिताको उद्धघाटन खेलमा टारी एफसी बी लाई हराउँदै एके एफसी प्याङले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

त्यसैगरी दोश्रो खेलमा मिलनचोक माबुलाई टाइब्रेकरमा हराउँदै साउदेन–११ ले समेत जित हासिल गरेको छ । तेश्रो खेलमा डिफेन्डिङ च्याम्पियन हेलिबोध एफसीलाई टाइब्रेकरमा हराउँदै नालिफुङवा माबु समेत अन्तिम १६ मा प्रवेश गरेको छ ।

अन्तिम खेलमा पञ्चकन्या हाइड्रोलाई हराउँदै सुतुलुङ एफसी समेत बिजयी भएको छ । प्रतियोगिताको सोमबार भेट्रान्स अन्र्तगत टारी भेट्रान्स र सन्दकपुर भेट्रान्स भिड्दै छन् । दोश्रो खेलमा नकाउट अन्र्तगत आरआरसी प्याङ र केवाइ एफसी साङरुम्बा, तेश्रो खेलमा टारी कृषि फर्म र माबु जुनियर, चौथो खेलमा नवज्योती खेल संघ र मादेन स्र्पोटिङ सिरिसे, ड्रिम्स एफसी र नयाँबजार एफसी तथा अन्तिम खेलमा सन्दकपुर खेल संघ र सेभेन ब्रदर्स इलाम बिच हुने छ ।

आगामी माघ १ गतेसम्म चल्ने प्रतियोगिताको नकाउट तर्फको बिजेताले ६१ हजार र उपविजेताले ३१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी भेट्रान्स तर्फ बिजेताले २० हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछ । विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक पुरस्कृत गरिनेछ ।

टारी फुटबल क्लबका अध्यक्ष महेन्द्रहाङ साउदेनको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष लिल बहादुर बुर्जाको प्रमुख आतिथ्यता र वडा सदस्य सोम साउदेनको विशेष आतिथ्यता रहेको थियो । प्रतियोगिताको उद्धघाटन अघि लिम्बु संस्कृतिको केलाङ नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार