Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

होमस्टे संचालनका लागि पूर्व तयारी कक्षा इलामको पशुपतिनगरमा सम्पन्न (.तस्बिरहरु)

होमस्टे संचालनका लागि पूर्व तयारी कक्षा इलामको पशुपतिनगरमा सम्पन्न (.तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस २१ २०८०


होमस्टे संचालनका लागि पूर्व तयारी कक्षा इलामको पशुपतिनगरमा सम्पन्न (.तस्बिरहरु)

पशुपतिनगर । इलामको पर्यटकीय क्षेत्र पशुपनिगरमा नयाँ पर्यटकीय क्षेत्रमा होमस्टे संचालनका लागि समुदायमा आधारित पूर्व तयारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको आयोजना र होमस्टे महासंघको समन्वयमा दुई दिने होमस्टे संचालनका लागि समुदायमा आधारित पूर्व तयारी शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

पूर्व तयारी कक्षामा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख प्रभात भट्टराई, सागर सिवाकोटी, पर्यटक प्रहरीका प्रमुख किरण अधिकारी, अन्तुडाँडा सामुदायीक होमस्टेका अध्यक्ष धनकुमार आले, पर्यटन कार्यालय झापाका सुचना अधिकारी निरोज कट्टेलले सहजिकरण गरेका थिए । तालिममा पशिक्षक सागर सिवाकोटीले समुदाय र विकास, पर्यटक प्रहरीका प्रमुख किरण अधिकारीले पर्यटक तथा सुरक्षा, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख प्रभात भट्टराइले पर्यटन प्रवद्र्धन, अन्तु डाँडा सामुदायीक होमस्टेका अध्यक्ष धनकुमार आलले संचालनका अनुभव र पर्यटन कार्यालय झापाका सुचना अधिकारी निरोज कट्टेलले होमस्टे दर्ता प्रक्रियाका बारेमा सहजिकरण गरेका थिए ।


तालिममा सहभागिलाई पर्यटन कार्यालय झापाका प्रमुख प्रभात भट्टराई, होमस्टे महासंघका एकराज घिमिरे, केचना कंचनजंघा पर्यटन विकास समितिका सदस्य सुनज तिमल्सिना, सूर्याृृेदय नगरपालिका २ का वडासदस्य उपेन्द्र राज पाण्डेले प्रमाणपत्र वितरण गरेका थिए । तालिमको समापनमा बोल्दै पर्यटन कार्यालयका झापाका प्रमुख प्रभात भट्टराईले पशुपतिनगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि होमस्टे संचालनले ठुलो सहयोग पुग्ने बताए । उनले तालिममा सहभागि भएर त्यसै बस्ने नभएर होमस्टे संचालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमसिनाले नेपालको अर्थतन्त्रको अधार पर्यटन भएर अब सबै पर्यटन क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । पशुपतिनगर नेपाल भारत सीमा क्षेत्र, पर्यटन हिमश्रङ्खला, हरियाली वनजंगल, गुम्बा, पार्कहरु रहेकाले सबै सरोकार पक्ष मिलेर प्रवद्र्धनको काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार