माङ्सेबुङ्ग । इलामको माङ्सेबुङ्ग गाउँपालिकामा जनतासँग माओवादी पार्टी बिषेश रुपान्तरण अभियानको समापन भएको छ । माओवादी केन्द्रका जिल्ला इञ्चार्ज कुलप्रसाद साम्बा (कुसल)को प्रमुख आथित्यतामा रुपान्तरण अभियानको समापन भएको हो । अभियानको अवसरमा नेकपा माओवादी केन्द्र माङ्सेबुङ्ग गाउँपालिका वडा नम्बर १ को वडा अधिवेशनको पनि समापन भएको छ । वडा अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष बिजय राई, प्रदेश कमिटी सदस्य जनम राई लगायतको आथित्यता रहेको थियो । माङ्सेबुङ्ग १ को पार्टी अध्यक्षमा गोविन्द लिम्बु चयन भएका छन् । वडा कमिटीको उपाध्यक्षमा कृष्णराज सुब्बा, सचिवमा त्रिपेन राई, सह सचिवमा याम बहादूर सुब्बा, कोषाध्यक्षमा नौमाया मुखिया चयन भएका छन् ।
त्यसैगरि सदस्यमा दिलकुमार लिम्बु, रेश बहादूर मुखिया, तिलबहादूर लिम्बु, कलम श्रेष्ठ, टंक प्रसाद लिम्बु, दुर्जहाङ्ग लिम्बु, राम बहादूर निरौला, लिला प्रसाद लिम्बु, सिवकुमार राई, डिल्लि बहादूर थापा, विना थेवे, यदुकुमारी खड्का, सिर्जना मग्राती, बिमला राई, चन्द्रकला लिम्बु, रामचन्द्र श्रेष्ठ, चन्द्र बहादूर गजमेर, खम्बसिंह दियाली, गिता बराइली, खिना गजमेर, मनिला लिम्बु, धिरज राई, मनविर राई, आशिका लिम्बु, राम श्रेष्ठ रहेका छन् । त्यसैगरि सल्लाहाकार समिति संयोजकमा धनकर्ण लिम्बु चयन भएका छन् ।
वडाअध्यक्ष प्रकाश बुडाथोकीको अध्यक्षतामा भएको अधिवेशनमा संचालन आसमान लिम्बुले गरेका थिए । कार्यक्रममा बम बहादूर लिम्बुको १९ जना माओवादी केन्द्रमा पार्टीमा प्रवेश गरेका थिए ।
