सन्दकपुर । जनता संग माओवादी बिशेष रुपान्तरण अभियान,अन्तरगत सन्दकपुर गाउँपालिकाको समिक्षा बैठक तथा अभियान समापन गरिएको छ । पार्टी पालिका अध्यक्ष फुर्वा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य प्रवास शर्मा, पालिका इन्चार्ज भोजप्रसाद खतिवडा, पार्टीको सल्लाहकार प्रेम नाछिरीङ राई, विद्यार्थी फ्रयाक्सन इन्चार्ज गञ्जु प्रधान, पालिका सहइन्चार्ज जीवन शिवा लगायतको आतिथ्यता रहेको थियो । समापन समारोहमा नेकपा एमाले र काँग्रेस बाट सुर्यकुमार चौहान र विकास गुरूङ पार्टी प्रवेश गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने बताए । उनले अभियानको निरन्तर अघि बढ्दै जाने बताउँदै विकास निर्माण र जनजिविकाको सवालमा माओवादी पार्टी अडिग रहेको बताए ।