Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नामसालिङ साना किसानकाे साधारणसभा सम्पन्न

नामसालिङ साना किसानकाे साधारणसभा सम्पन्न

  • राेशन काफ्ले
  • सोमबार, पौस १६ २०८०


नामसालिङ साना किसानकाे साधारणसभा सम्पन्न

नयाँबजार । नामसालिङ साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

माइजोगमाई गाउँपालिका ३ र ४ नं वडामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको कृषि सहकारी पाँचौ बार्षिक साधरणसभा सम्पन्न गरेको हो । पुस १४ गते नामसालिङ सामुदायिक विकास केन्द्र (NCDC) को सभा हल र १५ गते नेपाल ज्योति माध्यमिक विद्यालयको हल मा २ दिन २ वटा वडाको साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राई को प्रमुख आतिथ्यता माइजोगमाई गाउँपालिका ३ नं वडाका वडाध्यक्ष राम घिमिरे र ४ का वडाध्यक्ष  डुरन देवानको विशेष आतिथ्यता संस्थाका सल्लाकार समितिका संयोजक गणेश कुमार राई, लेखा समिति संयोजक धात्रा देवि खड्का दुइटै वडाका जनप्रतिनिधिहरु , सामाजिक व्यक्तित्व , प्रहरी ,संचालक समिती,लेखा समिती,सल्लाकार समिती,अन्तर समूह संयोजक,विभिन्न उप-समिती संयोजक,आम शेयर सदस्य र कर्मचारीको उपस्थितीमा संस्थाको साधारणसभा सम्पन्न भएको नामसालिङ साना किसान कृषि सहकारिका प्रवन्धक टेक प्रसाद आचार्यले जानकारी दिए ।

साधारण सभाको अवसर पारेर संस्थाले विभिन्न विधामा ६ जना शेयर सदस्य साथै ४ जना शेयर सदस्यहरूका छोराछोरीहरुलाई पुरस्कृत समेत गर्यो । संस्थाको जम्मा आय ३६ लाख ४२ हजार ९ सय ३२ ,खर्च ३३ लाख ६७ हजार ९ सय ५६ र खुद नाफा २ लाख ७४ हजार ९ सय ७५ रहेको छ भने संस्थाले २०७९/८० मा २ करोड ६२ लाख ६१ हजार ५ सय ६३ रुपैया बराबरको कारोबार गरेको छ भने

शेयर पुजी अन्तर्गत १९ लाख २३ हजार ५ सय रकम रहेको र संस्थामा ४ सय ९३ जना शेयर सदस्यहरु रहेका छन । साधारणसभामा उपस्थित भएका शेयर सदस्यहरुलाई सिजन अनुसारको विभिन्न प्रकारका तरकारीका बीउ बिजन समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार