Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फिक्कल र पञ्चकन्याबिच उपाधी भेट पक्का

फिक्कल र पञ्चकन्याबिच उपाधी भेट पक्का

  • लोकल सन्देश
  • बिहिबार, माघ २५ २०७४


फिक्कल र पञ्चकन्याबिच उपाधी भेट पक्का

करफोक : करफोकमा जारी टुर्वोग सुर्योदय नगरकप फुटबलको उपाधीका लागी फिक्कल एफसी र पञ्चकन्या एफसी भिडने पक्का भएको छ । अन्तिम सेमीफाइनलमा सहारा स्र्पोटिङ क्लब सुर्योदय नगरपालिका–५ लाई ३–१ गोल अन्तरले पराजित गर्दै फिक्कलले पञ्चकन्यासंगको उपाधी भेट पक्का गरेको हो ।

पहिलो हाफको १५ औ मिनेटमा पासाङ लामाको गोलबाट फिक्कलले अग्रता लिएको थियो । खेलको १६ औ मिनेटमा समिर तामाङले अग्रता दोब्बर पारे । दोश्रो हाफको चौथो मिनेटमा सहाराका दिवस खापुङले अग्रता कम पारेका थिए ।

दोश्रो हाफको २१ औ मिनेटमा पासाङ लामाले व्यक्तिगत दोश्रो गोल गर्दै आफनो टिमलाई फाइनल पु¥याए । माघ २७ गते प्रतियोगिताको फाइनल हुनेछ । बिजेताले नगद १लाख, ट्रफि, मेडल तथा प्रमाणपत्र साथै उपबिजेताले नगद ५० हजार सहित ट्रफि,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितीका युवराज प्रधान ले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार