सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–२ माइमझुवामा टोड्के झर्ना फुटबल प्रतियोगिता २०८० हुने भएको छ। टोड्के झर्ना स्पोर्टिङ क्लबको आयोजनामा राराहाङ-आहालेटार खेलमैदान आगामी पौष ३ गतेबाट प्रतियोगिता हुने भएको हो । प्रत्येक बर्ष साकेला उधौली पर्बको अवसरमा सन्चालन हुने गोल्डकप प्रतियोगिता बिजेताले ७० हजार र उपविजेताले ३५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ताले ट्रफी मेडल र प्रमाणपत्र हासिल गर्नेछ । प्रतियोगिता करि २ लाख ९५ हजार हाराहारी लागतमा सम्पन्न हुने आयोजकको अनुमान रहेको छ। प्रतियोगिताको फाइनल खेल साकेला धान्य पुर्णिामा उधौलीको दिन हुनेछ। गोल्डकपको दोश्रो चरणबाटको खेल लोकल सन्देश डटकमको फेसबुक पेजमा मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।
