इलाम । तेस्रो सिरिजङ्गा गोल्डकपको फाइनलको पहिलो हाफमा देउराली स्पोर्टिङ क्लब सन्दकपुरले अग्रता बनाएको छ । न्युस्टार झापा विरुद्धको खेलमा उपहार गोल मार्फत इलामले अग्रता बनाएको हो । २२ औ मिनेटमा कप्तान बिनोद धमलाको प्रहार झापाका अविशेक लिम्बुबाट डिफ्लेक्ट हुँदै जाली चुम्दा इलामले अग्रता बनाएको हो ।
तेल्लोक माविको खेलमैदानमा प्रतियोगिता जारी छ । सिरिजङ्गा सिं थेवेको ३१९औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ र ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाख १ हजार १११ पाउने छ ।