Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तमु ल्होसार इलाम चोक बजारमा मनाईने

तमु ल्होसार इलाम चोक बजारमा मनाईने

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २८ २०८०


तमु ल्होसार इलाम चोक बजारमा मनाईने

इलाम । तमु समुदायले मनाउँदै आएको चाड तुमु ल्होसार यो वर्ष इलामको चोक बजारमा मनाउने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै इलाममा बिगत वर्षहरुमा सामान्य रुपमा मनाउंदै आएको ल्होसार यो वर्ष बिभिन्न कार्यक्रमहरु गरेको इलाम चोक बजारमा मनाउने आयोजकले बताएको छ ।

इलामका बिभिन्न समुदायहरुमा बसोबास गर्ने तमु समुदायहरुको पहिचान, कला संकृति बचाउनको लागी र इलामका सबै तमुहरु एक भएर अघि बढ्नको लागि आगामी पौष १३,१४ र १५ गते इलाममा कार्यक्रम आयोजना गरेको कार्यक्रमकी अध्यक्ष पबिमाया गुरुङले बताइन् ।

कार्यक्रमको पहिलो दिन फुटबल खेल हुने दोश्रो दिन जिल्लाका सबै वडाहरु बाट आएका तमु समुदायहरुको उपस्थितिमा चोक बजारमा कार्यक्रम उद्धघाटन गरी सांस्कृतिक कार्यक्रम संचालन गरी तेस्रो दिन अर्थात अन्तिम दिन गुरुङहरुको कला संस्कृति झल्किने सामाग्रीहरु प्रदर्शन गर्ने गुरुङ परिकारहरु बनाएर सबैलाई प्रसाद ग्रहण गराई बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती संगै शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको ल्होसार चाड मुल आयोजक समितिका हरि गुरुङले बताए ।

इलाममा यस्ता प्रकारका कार्यक्रहरुले इलामबासीहरुमा एक आपसमा सद्भाव मेलमिलापको वातावरण सिर्जना हुने साथै इलामको पर्यटन बिकासको लागी पनि ठूलो भुमिका खेल्ने प्रचार संयोजक मान बहादुर गुरुङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार