Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

देउराली स्पोर्टिङ क्लब इलाम सिरिजङ्गा गोल्डकपको फाइनलमा

देउराली स्पोर्टिङ क्लब इलाम सिरिजङ्गा गोल्डकपको फाइनलमा

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २८ २०८०


देउराली स्पोर्टिङ क्लब इलाम सिरिजङ्गा गोल्डकपको फाइनलमा

इलाम । इलामको देउराली स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी तेस्रो सिरिजङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । तेल्लोक माविको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुरको सुनाकोठी सिटी एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै देउरालीले फाइनलमा स्थान बनाएको हो ।

इलामका लागि पिकेश लोक्तामले गरेरको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बन्यो । खेलको २५औँ मिनेटमा पाएको फ्रिकिकमा पिकेशले गोल गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच बने । फाइनलमा इलामले दोस्रो संस्करणको उपविजेता झापा बिर्तामोडको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको तेस्रो संस्करणमा नयाँ टोली च्याम्पियन बन्ने पक्का भएको छ ।

पहिलो संस्करण खेवाङ स्पोर्टिङले जितेको थियो । सिरिजङ्गा सिं थेवेको ३१९औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ । विजेताले नगद २ लाख २ हजार २२२ र ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाख १ हजार १११ पाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार