Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बालाचतुर्दशी फुटबल क्वाटरफाइनलकाे ३ खेल सम्पन्न

बालाचतुर्दशी फुटबल क्वाटरफाइनलकाे ३ खेल सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर २४ २०८०


बालाचतुर्दशी फुटबल क्वाटरफाइनलकाे ३ खेल सम्पन्न

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–४ माबुको हाङमादेन खेलमैदानमा जारी बालाचतुर्दशी नकाउट फुटबल प्रतियोगितामा माबु भेट्रान्स,भञ्ज्याङ एफसी र नवज्योती खेल संघ बिजयी बन्दै क्वाटरफाइनल प्रवेश गरेका छन्
। पहिलो क्वाटरफाइनल खेलमा माबु भेट्रान्सले जमुना–१ लाई टाइब्रेकर ४–३ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टिमले गोल रहित खेलेका थिए ।
त्यसैगरी दोश्रो खेलमा भञ्ज्याङ एफसी इलामले थ्री लिप्स जमुनालाई ३–१ गोल अन्तरले हराएको हो । तेश्रो क्वाटरफाइनल खेलमा नवज्योती खेल संघले रत्नाले एफसीलाई ८–१ गोल अन्तरको फराकिलो जित निकाल्न सफल रहयो ।
इङला एफसी र सन्दकपुर खेल संघ बिचको अन्तिम क्वाटरफाइनल खेल समय अभावका कारण पहिलो हाफ मात्र खेलाइएको छ । खेल रोकिनु अघिसम्म दुवै टिमले १–१ गोल लगाएका छन् ।
बाँकी खेल आज हुनेछ । त्यसैगरी सेमीफाइनल खेल आज नै हुनेछ । प्रतियोगिता बिजेताले ८५ हजार १०६ र उपविजेताले ४५ हजार १०६ रुपैया प्राप्त गर्नेछ । प्रतियोगिता नालिफुङवा स्र्पोटस क्लब र वाइट रोज स्र्पोटस क्लबको संयुक्त आयोजनामा भएको हो

प्रतिक्रिया
सम्बन्धित समाचार