Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

देउमाई नगर वडा स्तरिय फुटबलको उपाधि वडा नं ४ लाई

देउमाई नगर वडा स्तरिय फुटबलको उपाधि वडा नं ४ लाई

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर १६ २०८०


देउमाई नगर वडा स्तरिय फुटबलको उपाधि वडा नं ४ लाई

मंगलबारे । प्रथम देउमाई नगर वडा स्तरिय पुरुष फुटबलको उपाधि वडा नं ४ ले जितेको छ । मंगलबारे स्थित छात्रवास खेलमैदानमा जारी प्रतियोगितामा वडा नं २ लाई ४–१ गोल अन्तरले हराउँदै वडा नं २ ले उपाधि जितेको हो । पहिलो हाफमा २–१ गोल अन्तरले अग्रता बनाएको वडा नं ४ ले दोश्रो हाफमा थप २ गोल गरेको हो ।

उपाधिसंगै विजेता टिमले नगद ५१ हजार एक एकाउन्न सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेताले नगद ३१ हजार एक सय ३१ प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता टिमका सृजन श्रेष्ठ, उत्कृष्ट डिफेन्डर दिपेश खतिवडा र उदियमान खेलाडी सेवन्त जोशी बनेका थिए ।

‘हाम्रो गोल, लागू औषध दुब्र्यसनी विरुद्धको गोल’ भन्ने नाराका नेपाल तरुणदल देउमाई नगर कार्य समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा देउमाई नगरपालिकाका १२ टिमको सहभागिता रहेको थियो ।

तरुण दलका अध्यक्ष बिमल खम्बुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्काे प्रमुख आतिथ्यता र पाँचथरका पुर्व सभापति नरेन्द्र केरुङकाे विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा देउमाई नगरपालिका–४ का निवर्तमान अध्यक्ष राजेन्द्र बाँस्तोला, नेपाली कांग्रेस नगर सभापति दिलिप कार्की, जिल्ला फुटबल संघका अध्यक्ष विक्रम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली कांग्रेस भातृ संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार