Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुन्दर सुतुलुङ्ग (तस्बिरहरु)

सुन्दर सुतुलुङ्ग (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बुधबार, मंसिर १३ २०८०


सुन्दर सुतुलुङ्ग (तस्बिरहरु)

सन्दकपुर (सुतुलुङ्ग) । सन्दकपूर–३ को सुलुबुङ्ग टारीबाट नजिकै ऐतिहासिक सांस्कृतिक सम्पदा सुतुलुङ्ग ढुङ्गा रहेको छ । परापुर्वकालमा लेप्चाहरुको बसोबास रहेको पाइन्छ । लेप्चा समुदायमाथि थिचोमिचो भएपछि पाँच दिने लेप्चा सुत्केरी महिलाले पहरो चिरेर गाडिएको ढुङ्गालाई सुतुलुङ्ग ढुङ्गा नामाकरण गरिएको किम्बदन्ति छ ।

सुतुलुङ्ग क्षेत्रमा पनि लोभलाग्दो खाध्यबाली उत्पादन दिने खरिबोटे बेंसी भनिएको सन्दकपुर ३ का अध्यक्ष लिल बहादूर बुर्जाले बताए । आफ्नो थातथलो छोड्न बाध्य भएपनि इतिहास रहोस् भनि गाडिएको सुतलुङ्ग ढुङ्गाको नाम अपभ्रंस गरि सुलुबुङ्ग नामाकरण गरिएको कथन छ । टारी क्षेत्रमा व्यवसायीक रुपमा बाह्रै महिना खाध्यबाली र तरकारी खेती गरि आर्थिक उपार्जन गर्ने प्रशस्त संम्भावना रहेको वडा सदस्य सोम साउदेनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार