Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आत्मानन्द कप : आज पाँचथर र धनकुटा भिड्दै

आत्मानन्द कप : आज पाँचथर र धनकुटा भिड्दै

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर ९ २०८०


आत्मानन्द कप : आज पाँचथर र धनकुटा भिड्दै

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा जारी १६ औं आत्मानन्द कप फुटबल प्रतियोगितामा आज ९आइतबार० तिजोक युवाक्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघबीच प्रतिष्पर्धा हुँदैछ । माङसेबुङ गाउँपालिका-५ प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे २ बजे हुने खेलमा पाँचथर र धनकुटा आमनेसामने हुँदैछन् ।

यसअघि शुक्रबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका विजयी हुँदै सेमीफाइनल प्रवेश गरेको छ । पाहुना टिम बिवाईसीलाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङले अन्तिम चारको यात्रा तय गरेको थियो ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार