Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकामा उद्यमशिलता विकास तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न

सुर्योदय नगरपालिकामा उद्यमशिलता विकास तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न

  • लोकल सन्देश
  • मंगलबार, माघ २३ २०७४


सुर्योदय नगरपालिकामा उद्यमशिलता विकास तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न
  • स्मिता रार्इ

फिक्कल । सुर्योदय नगरपालिकामा १० दिने उद्यमशिलता विकास तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न भएको छ । एक्टिभ नेपाल विराटनगरको आयोजना र घरेलु तथा साना उद्योग विकास समिती इलामको सहयोगमा गरिबी निवारणको लागी लद्यु उद्यमशिल विकास कार्यक्रम ( मेडपा) अन्र्तगत भएको तालिममा सुर्योदय नगरपालिका–९ ढोडे र १० मेलबोटेका २१ जना सहभागी रहेका थिए ।

तालिमलाई एक्टिभ नेपालकी सरिता दनुवार, मेनुका गिरी र सविता राजवंशीले सहजीकरण गरेका थिए । उक्त तालिममा सिपमुलक, वितिय पहुँच, प्रविधीमा पहुँच, बजारीकरण तथा व्यवसायीक परार्मश, आम्दानीका स्रोतहरु, स्वरोजगार, बैदेशीक आम्दानी गर्ने उपायहरुको बारेमा जानकारी दिइएको थियो ।

त्यसै गरी तालिमपछि लद्यु उद्यमी समुहहरु समेत गठन गरिएको थियो । वडा नं ९ मा गठन गरिएको ढोडे लद्यु उद्यमी समुहको अध्यक्षमा स्मीता देवान, उपाध्यक्ष संगीता राई, सचिव हिमादेवी लाप्चा, सहसचिव पवित्रा राई र कोषाध्यक्ष बिष्णुकुमारी राई रहेका छन । समितीको सदस्यहरुमा गंगामाया राई, लक्ष्मी राई, रिता राई, सोममाया राई, पेमला तामाङ र प्रतिमा राई रहेका छन ।

वडा नं १० मा गठन गरिएको मेलबोटे लघु उद्यमी समुहको अध्यक्षमा इन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष सुस्मिता प्रधान (सुनवार), सचिव पुष्ष सावा (सुनुवार), सहसचिव शकुन्तला सुब्बा र कोषाध्यक्षमा सुखमाया सुनुवार रहेका छन । समितीको सदस्यहरुमा शान्ता लिम्बु, ललिता सुनुवार, मेनुका राई रहेका छन । तालिमका सहभागीहरुको प्रयोगात्मक ढोडे र मेलबोटेमा हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार