सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा आगामी मंसिर १७ गतेबाट छैटौ संस्करणको बालाचर्तुदशी खुल्ला नकाउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नालिफुङवा स्पोर्टिङ क्लब र वाइट रोज स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा मंसिर २५ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।
हाङमादेन खेलमैदान हुने प्रतियोगिताको बिजेताले ८५ हजार १०६ र उपविजेताले ४५ हजार १०६ रुपैया प्राप्त गर्नेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, उत्कृष्ट खेलाडी र उदियमान खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
सेभेन ए साइडमा संचालन हुने प्रतियोगितामा इलामका ३२ टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता संचालनका लागि करिब ५ लाख रुपैया लागत अनुमान गरिएको छ ।