Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

उपाधिको लागि गोर्खे र मानेडाँडा भिड्ने

उपाधिको लागि गोर्खे र मानेडाँडा भिड्ने

  • रोशन काफ्ले
  • मंगलबार, मंसिर ५ २०८०


उपाधिको लागि गोर्खे र मानेडाँडा भिड्ने

नयाँबजार । इलामको माईजोगमाई–२ खोल्मेमा दिपावाली तथा छट पर्वको अवसरमा संचालन भैरहेको लभ्ली नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि बिएफसी गोर्खे र एमवाइसी मानेडाँडा भिड्ने भएका छन् । पहिलो सेमिफाइनल खेलमा बिएफसीले एससिएफ सरसिगेलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

दोश्रो सेमीफाइनलमा आयोज लभ्ली एफसीलाई २–० ले हराउँदै एमवाइसीले समेत फाइनलमा स्थान बनाएको हो । गत कार्तिक २३ गते बाट सुरुभएको फुटबल शारदा आधारभूत विद्यालय खोल्मेको खेलमैदानमा भैरहेको आयोजक समितिका सचीव सन्जिप खडकाले जानकारी दिए ।

विभिन्न सामाजिक क्षेत्रमा सक्रिय क्लबले बार्षिक रुपमा दशै तिहारको अवसरमा विभिन्न खेलहरु संचालन गर्दै आइरहेकोमा यो बर्ष पनि फुटबलको आयोजना गरेको क्लबका अध्यक्ष सन्देश राइले जानकारी दिए ।
सेभेन साइडको प्रतियोगिता बिजेताले ३० हजार ३ सय ३० मेडल ट्रफी र प्रमाणपत्र तथा द्रोस्रो पुरस्कार नगद २० हजार २ सय २० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै आगामी मंसिर ६ गते फाइनलमा इलाम निर्वाचन क्षेत्र नं १ का सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले जानकारी दिएको छ ।

फाइनल खेलको प्रत्यक्ष प्रसारण लोकल सन्देशबाट गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार