इलाम । पुर्वी पहाडकाे सर्वाधिक पुरस्कार राशीकाे माइभ्याली गोल्डकपकाे चाैथाे संस्करणा बैशाख ६ गतेबाट हुने भएको छ ।
आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले चैत्र १४ गतेबाट प्रतियोगिता आयोजनाको तयारी गरेका थिए । तर चैत्र १४ गतेबाटै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम तय भएकाले २०७५ बैशाख ६ गतेबाट १५ गतेसम्म संचालन गर्नका निम्ती एन्फाले माइभ्याली फुटबल क्लबलार्इ माघ १५ गते पत्र पठाएपछि प्रतियाेगिता सार्नु परेकाे माइभ्याली फुटबल क्लबका अध्यक्षा धिरेन चेम्जाेङले बताए ।

चैत्र १४ गतेबाट प्रतियाेगिताकाे सबै कार्यक्रम तयार गरी एन्फामा बुझाइए पनि एन्फाकाे निर्वाचन कार्यक्रममा खेलाडी, क्लब, अफिसियल लगायत सबै सहभागी हुने भएकाले बाध्य भएका खेलकाे मिती सार्नु परेकाे चेम्जाेङले बताए यस अघि पहिलो संस्करण र दोश्रो संस्करण माघमा संचालन भएकाेमा तेश्रो संस्करण खेलमैदान स्तरोन्नती र माैसमका कारण चैत्र १७ गतेबाट संचालनमा आएको थियो ।
चौथो संस्करणको लागी पुरस्कार राशी बढाउदै बिजेतालार्इ ५ लाख र उपबिजेतालार्इ ३ लाख रूपैया दिने लक्ष्य राखिएकाे चेम्जाेङले बताए । गत संस्करणमा ट्राइबेकरमा त्रिभुवन अार्मी माथी ४-२ काे जित दर्ता गर्दै झापाले ४ लाख रूपैया प्राप्त गरेकाे थियाे भने अार्मीले २ लाख ५० हजारमा चित्त बुझाएकाे थियाे । गाेल्डकपकाे पाँचाै संस्करण भने २०७५ चैत्रमा नै संचालन गर्ने अायाेजक समितिले बताएकाे छ ।