Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

शुभदिपावली गोल्डकप : उपाधिको लागि साब्जुङ एफसी र मिरमिरे एफसी भिड्ने

शुभदिपावली गोल्डकप : उपाधिको लागि साब्जुङ एफसी र मिरमिरे एफसी भिड्ने

  • लोकल सन्देश
  • आइतबार, कार्तिक २६ २०८०


शुभदिपावली गोल्डकप : उपाधिको लागि साब्जुङ एफसी र मिरमिरे एफसी भिड्ने

मंगलबारे । इलामको देउमाई नगरपालिका– ३ शान्तिडाँडामा जारी शुभ दिपावली गोल्डकप २०८० को उपाधिको लािग साब्जुङ एफसी र मिरमिरे एफसी भिड्ने भएका छन् । आइतबार सम्पन्न सेमीफाइनल खेलमा साब्जुङले आयोजक न्यु रिभोलुन टिम (एनआरटी) र मिरमिरेले इस्ट इलामलाई हराउँदै अन्तिम २ मा स्थान बनाएका हुन् ।

पहिलो सेमीफाइनलमा साब्जुङले एनआरटीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराएको थियो । निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेका थिए । त्यसैगरी दोश्रो खेलमा मिरमिरेले इस्ट इलामलाई ३–२ गोल अन्तरले हराएको थियो ।

प्रतियोगिताको फाइनल खेल कार्तिक २८ गते मंगलबार हुनेछ । १६ टिम सहभागी प्रतियोगिताको बिजेताले नगद ८० हजार र उपविजेताले ४० हजार प्राप्त गर्नेछन् । विधागत तफै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।

न्यु रिभोलुसन टिमको आयोजनामा शान्तिडाँडा खेलमैदानमा गत कार्तिक २० गतेबाट प्रतियोगिता संचालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार