सन्दकपुर । इलामको सन्दकपुर–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधि इलाम एफसीले जितेको छ । फाइनलमा ढापपोखरी एफसीलाई २–१ गोल अन्तरले हराउँदै इलामले उपाधि जितेको हो । उपाधिसंगै इलामले १ लाख ५० हजार १ सय र उपविजेताले ७५ हजार प्राप्त गरेका छन् ।
इलामको जितमा हरि मगर र पासाङ शेर्पाले गोल गरे । ढापपोखरीका निमा तामाङले १ गोल फर्काए । प्रतियोगताको सर्वोत्कृष्ट खेलाडी इलामका हरि मगर घोषित भए । उत्कृष्ट गोलरक्षक ढापपोखरीका पुजन घले, उत्कृष्ट डिफेन्डर इलामका प्रदिप बिष्ट, उत्कृष्ट मिडफिल्डर ढापोखरीका सचिन यल्मो, उत्कृष्ट स्ट्राइकर ढापपोखरीका निमा तामाङ र अनुशासित टिम टारी एफसी घोषित भएको छ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता ढापपोखरीका आशिष राई घोषित भए । उनीहरुलाई ट्रफी प्रदान गरिएको छ । बिजेता, उपविजेता र विधागत पुरस्कार प्रतिनिधिसभा सदस्य महेश बस्नेत, वडाध्यक्ष यज्ञ बहादुर गुरुङ, पुर्व वडाध्यक्ष जित बहादुर सावा, वडा सदस्य कुमार गुरुङ, आयोजक समितिका संयोजक इन्द्र गुरुङ, समाजसेवी उमेश गुरुङ लगायतले प्रदान गरे ।
गजाधर धनमाया रंगशाला कार्तिक १६ गतेबाट संचालन हुँदै आएको प्रतियोगितामा इलाम र झापाका २० टिमको सहभागिता रहेको थियो । परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित ५ दशक देखि कागे फुटबल प्रतियोगिता हुँदै आएको छ ।