Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कागे फुटबल : सन्दकपुर खेल संघ र टारी बिजयी

कागे फुटबल : सन्दकपुर खेल संघ र टारी बिजयी

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २२ २०८०


कागे फुटबल : सन्दकपुर खेल संघ र टारी बिजयी

सन्दकपुर । इलामको सन्दकपुर–५ जमुनामा जारी कागे फुटबल प्रतियोगितामा सन्दकपुर खेल संघ माबु र टारी फुटबल क्लब सुलुबुङ बिजयी भएका छन् । प्रतियोगिताको बुधबारको पहिलो खेलमा माबुले छिन्तापु स्र्पोटिङ क्लबलाई टाइब्रेकरमा हराउँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेका थिए । टाइब्रेकरमा माबुले ४–३ गोल अन्तरले जित निकालेको हो । त्यसैगरी दोश्रो खेलमा माईजोगमाई गाउँपालिकालाई ३–१ गोल अन्तरले हराउँदै टारी समेत प्रि–क्वाटरफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिता अन्र्तगत सेमीफाइनल प्रवेशका लागि विहिबार पहिलो खेलमा सन्दकपुर खेल संघले ड्राइभर एफसीसंग खेल्ने छ । दोश्रो खेलमा टारी एफसीले मोनलेण्ड एफसी केर्खा झापासंग खेल्नेछ । गजाधर धनमाया रंगशालामा संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार १ सय र उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ ।

परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित कागे फुटबल प्रतियोगिता हुँदै आएको छ ।यस संस्करणमा २० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार