Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सिंगलप्पा गोल्ड कप : मिर्मिरे र आङदाङ्ग फाइनलमा

सिंगलप्पा गोल्ड कप : मिर्मिरे र आङदाङ्ग फाइनलमा

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २२ २०८०


सिंगलप्पा गोल्ड कप : मिर्मिरे र आङदाङ्ग फाइनलमा

देउमाई : इलामको देउमाई नगरपालिका-५ स्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा जारी सिंगलप्पा गोल्ड कपमा मिर्मिरे एफसी जीतपुर र आङदाङ्ग एफसी फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो सेमीफाइनलमा माङ्सेबुङ्ग चिबुवा एफसीलाई टाइब्रेकरमा पाखा लगाउँदै मिर्मिरे एफसीले फाइनलको यात्रा तय गरेको हो ।

दोस्रो सेमिफाइनलमा पानीटार एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै आङ्दाङ्ग एफसी फाइनलमा प्रवेश गर्‍यो । उपाधिका लागि बिहीबार हुने फाइनलमा मिर्मिरे र आङदाङ्गबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३३,३३३ हजार र उपविजेताले नगद २२,२२२ हजार पाउनेछन् । सिंगलप्पा खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार