Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मालुमलाइ हराउदै पञ्चकन्या सेमीफाइनलमा

मालुमलाइ हराउदै पञ्चकन्या सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २२ २०७४


मालुमलाइ हराउदै पञ्चकन्या सेमीफाइनलमा

करफाेक । करफोकमा संचालित टुर्वोग सुर्योदय नगरकप फुटबल २०७४ अन्तर्गत क्वाटरफाइनलको तेश्रो खेलमा बिजयी बन्दै पञ्चकन्या फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । करफोक विद्या मन्दिरको खेलमैदामा भएको खेलमा मालुम युथ क्लब सुर्योदय नगरपालिका–८ को चुनौती २–१ ले पन्छाउदै पञ्चकन्याले सेमी यात्रा तय गरेको हो ।

खेलको अग्रता मालुमले लिएको थियो । मालुमका दिपक लिम्बुले खेलको ११ औ मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको पञ्चकन्याका लागी दोश्रो हाफको १४ औ मिनेटमा शुशिल राईले गोल गर्दै बराबरीमा ल्याए । खेलको १८ औ मिनेटमा पञ्चकन्याका सौभाग्य लिम्बुले गोल गरेपछि मालुम २–१ ले पराजित बन्दै क्वाटरफाइनलबाट बाहिरिन बाध्य भएको हो ।

पञ्चकन्याले दिपेन्द्र एसएफसी र मालुमले एमसीसी फिक्कललार्इ हराउदै क्वाटरफाइनलकाे यात्रा तय गरेका थिए । फाइनल प्रवेशका लागि पञ्चकन्याले एवाइसी अाइतबारेसंग माघ २० गते प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा फिक्कल फुटबल क्लब सुर्योदय नगरपालिका–१० ले पञ्चकन्या एमफसी सुर्योदय नगरपालिका–१० पान्दाम को सामना गर्दैछ

प्रतिक्रिया
सम्बन्धित समाचार