Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कागे फुटबल : ढापपोखरी एफसी र इलाम एफसी बिजयी

कागे फुटबल : ढापपोखरी एफसी र इलाम एफसी बिजयी

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २१ २०८०


कागे फुटबल : ढापपोखरी एफसी र इलाम एफसी बिजयी

सन्दकपुर । इलामको सन्दकपुर–५ जमुनामा जारी कागे फुटबल प्रतियोगितामा ढापपोखरी एफसी र इलाम एफसी बिजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा भेटनेरी एफसीलाई २–० गोल अन्तरले हराउँदै ढापपोखरीले अघिल्लो चरणमा स्थान बनाएको हो ।

ढापपोखरीको जितमा विवेक राई र आशिष राईले गोल गरे । त्यसैगरुी दोश्रो खेलमा इलाम एफसीले थ्री लिप्स एफसीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । इलामको जितमा साङ्गे शेर्पा र निकेश तामाङले २÷२ गोल गरे गरे । थ्री लिप्सका रिकेश गुरुङले सान्तवना गोल फर्र्काए ।

प्रतियोगिता अन्र्तगत बुधबार पहिलो खेलमा सन्दकपुर एफसी र छिन्तापु एफसी तथा दोश्रो खेलमा माईजोगमाई गाउँपालिका र टारी एफसी बिच प्रतिस्पर्धा हुनेछ । गजाधर धनमाया रंगशालामा संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार १ सय र उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ । परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित कागे फुटबल प्रतियोगिता हुँदै आएको छ ।

यस संस्करणमा २० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार