Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कागे फुटबल : ड्राइभर एफसी र मोनोलेण्ड एफसी बिजयी

कागे फुटबल : ड्राइभर एफसी र मोनोलेण्ड एफसी बिजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक २० २०८०


कागे फुटबल : ड्राइभर एफसी र मोनोलेण्ड एफसी बिजयी

सन्दकपुर : इलामको सन्दकपुर–५ जमुनामा जारी कागे फुटबल प्रतियोगितामा ड्राइभर एफसी र मोनोलेण्ड एफसी बिजयी भएका छन् । ड्राइभरले जनता सेभेनलाई ट्राइब्रेकरमा हराउँदै अघिल्लो चरणमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएको थियो ।

दोश्रो खेलमा नालिफुङवा एफसीलाई ८–१ गोल अन्तरले हराउँदै मोनोलेण्डले समेत अघिल्लो चरणमा स्थान बनाएको हो । प्रतियोगिता अन्र्तगत दोश्रो चरणको खेलमा मंगलबार भेटेनरी एफसी र ढापपोखरी तथा थ्री लिप्स र इलाम एफसी बिच खेल हुनेछ ।

गजाधर धनमाया रंगशालामा संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार १ सय र उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ । परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित कागे फुटबल प्रतियोगिता हुँदै आएको छ । यस संस्करणमा २० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार