Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कागे फुटबल : छिन्तापु र माईजोगमाई गाउँपालिका बिजयी

कागे फुटबल : छिन्तापु र माईजोगमाई गाउँपालिका बिजयी

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक १९ २०८०


कागे फुटबल : छिन्तापु र माईजोगमाई गाउँपालिका बिजयी

सन्दकपुर । इलामको सन्दकपुर–५ जमुनामा जारी कागे नकाउट फुटबलमा छिन्तापु एफसी र माईजोगमाई गाउँपालिका बिजयी भएका छन् । छिन्तापुले आआरसी प्याङलाई हराउँदै अघिल्लो चरण पुगेको हो । दोश्रो खेलमा माईजोगमाईले वाकओभर पाएको छ ।

छिन्तापुको जितमा खेलको ५३ औ मिनेटमा सन्दिप गुरुङले गरेको गोल निर्णायक बन्यो । दोश्रो खेलमा माइमझुवा एफसी खेलमा नआएपछि माईजोगमाईले वाकओभर पाएको हो । प्रतियोगिता अन्र्तगत पहिलो चरणको अन्तिम दिनको खेलमा जनता सेभेन र ड्राइभर एफसी तथा नालिफुङवा एफसी र मोनलेण्ड एफसी भिड्ने छन् ।

गजाधर धनमाया रंगशालामा संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार १ सय र उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ । परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित कागे फुटबल प्रतियोगिता हुँदै आएको छ । यस संस्करणमा २० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार