Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कागे नकाउट फुटबल : ढापपोखरी र इलाम विजयी

कागे नकाउट फुटबल : ढापपोखरी र इलाम विजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १८ २०८०


कागे नकाउट फुटबल : ढापपोखरी र इलाम विजयी

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे नकाउट फुटबल प्रतियोगितामा ढापपोखरी र इलाम एफसी विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा माबु(२ लाई ७–१ को फराकिलो गोल अन्तरमा पराजित गर्दै ढापपोखरी जमुना अघिल्लो चरणमा प्रवेश गरेको छ ।

पहिलो हाफमा ढापपोखरीले ७ गोल गरेको थियो । दोश्रो हाफमा माबुले १ गोल फर्कायो । दोस्रो खेलमा लाहुरे एफसी विरुद्ध ४-१ गोलको सहज जित निकाल्दै इलाम एफसीले अघिल्लो चरणको यात्रा तय गरेको हो । प्रतियोगिता अन्तरगत शनिबार पनि दुई खेल संचालन हुनेछन् ।

पहिलो खेलमा सन्दकपुर एफसी र युथ युनाइटेड तथा दोस्रो खेलमा जमुना एफसी र टारी एफसीबीच प्रतिष्पर्धा हुनेछ । aaजमुना खेलकुद विकास समितिआयोजनमा संचालित प्रतियोगितामा २० टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार एक सय र उपविजेताले नगद ७५ हजार पाँच सय रुपैयाँसहित ट्रफि पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार