मंगलबारे । साब्जुङ दिपावली नकाउट पुरुष फुटबलमा आज ४ खेल सम्पन्न भएको छ । पहिलो खेलमा पिपलबोटे एफसीले बनाना एफसीलाई २–१ गोल अन्तरले हराउन सफल रहयो । दोश्रो खेलमा ड्रिम एफसीलाई ४–१ गोल अन्तरले हराउँदै मिरमिरे एफसी समेत बिजयी भएको छ ।
तेश्रो खेलमा पानीटार एफसीलाई टाइब्रेकरमा हराउँदै बिकल्प एफसी बिजयी भएको छ । अन्तिम खेलमा फत्तेजुङ एफसीलाई टाइब्रेकरमा हराउँदै हाभेन एफसी दमकले समेत अघिल्लो चरणमा स्थान बनाएको छ ।