जमुना : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे नकाउट फुटबल प्रतियोगितामा भेटेनरी एफसी र थ्री लिफ्स एफसीले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्धघाटन खेलमा भेटेनरीले नालिफुङ एफसीलाई ३–० गोल अन्तरले हराएको हो ।
दोश्रो खेलमा थ्री लिफले रेडपान्डा एफसीलाई २–१ गोल अन्तरले हराएको हो । प्रतियोगिताको पहिलो खेलमा भेटेनरीको जितमा निशान राईले खेलको १८ औ मिनेटमा सुरुवाती अग्रता दिलाए । दोश्रो हाफको ९ मिनेटमा अविशेक तामाङले अग्रता दोब्बर बनाए ।
दोश्रो हाफको १७ मिनेटमा निशानले व्यक्तिगत दोश्रो गोल गरेपछि भेटेनरीले अघिल्लो चरणमा स्थान बनाएको हो । दोश्रो खेलमा थ्री लिफ्ुसले अग्रता लिएको थियो । पहिलो मिनेटमा आर्दश गुरुङले सुरुवाती अग्रता दिलाए । २३ औ मिनेटमा पेनाल्टी गोल गर्दै आइन्द्र लिम्बुले खेल बराबरी गरे ।
दोश्रो हाफको २१ औ मिनेटमा अविशेक राईले गोल गरेपछि थ्री लिफ्सले अघिल्लो चरणमा स्थान बनाएको हो । भोलीको पहिलो खेलमा ढापपोखरी र माबु–२ तथा इलाम एफसी र लाहुरे एफसी भिड्दैछन् ।