Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

क्रोकोडाइल सालामान्डरलाई हराउदै सहारा सेमीफाइनलमा

क्रोकोडाइल सालामान्डरलाई हराउदै सहारा सेमीफाइनलमा

  • सन्देश सम्बाददाता
  • आइतबार, माघ २१ २०७४


क्रोकोडाइल सालामान्डरलाई हराउदै सहारा सेमीफाइनलमा

करफोक । करफोकमा संचालित टुर्वोग सुर्योदय नगरकप फुटबल २०७४ अन्र्तगत क्वाटरफाइनलको दोश्रो खेलमा बिजयी बन्दै सहारा स्र्पोटिङ क्लब सेमीफाइनल प्रवेश गरेको छ ।

करफोक विद्या मन्दिरको खेलमैदामा भएको खेलमा सहारा स्र्पोटिङ सुर्योदय नगरपालिका–५ ले क्रोकोडाइल सालामान्डर सुर्योदय नगरपालिका–१ लाई ३–० गोल अन्तरले हराउँदै सेमी प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको अन्तिम मिनेटमा सनम लिम्बुको गोलबाट सहाराले अग्रता लिएको थियो । दोश्रो हाफको २६ औ मिनेटमा दिवस खापुङले अग्रता दोव्वर पारे । दोश्रो हाफको इन्जुरी समयमा बिवश राईले गोल गरेपछि सहारा ३–० को फराकिलो जित निकाल्दै सेमी यात्रा तय गरेको हो ।

त्यसैगरी सोमबार तेश्रो क्वाटरफाइनल खेलमा मालुम युथ क्लब सुर्योदय नगरपालिका–८ ले पञ्चकन्या एफसी को सामना गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार