Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

 बन्ने भाे सिद्धिखोला जलविद्युत अायाेजना

 बन्ने भाे सिद्धिखोला जलविद्युत अायाेजना

  • सन्देश सम्बाददाता
  • आइतबार, माघ २१ २०७४


 बन्ने भाे सिद्धिखोला जलविद्युत अायाेजना

इलाम ।  इलामको सिद्धिखोला जलविद्युत आयोजनामा दुइटा बैंकले लगानी गर्ने भएका छन् । १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युतमा प्राइम कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले आधा–आधा एक अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने तय भएको जलविद्युत् आयोजनाका अध्यक्ष केशवकुमार बुढाथोकीले जानकारी दिए ।

जलविद्युत् आयोजनाका लागि १ अर्ब ८३ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ । बाँकी रकम भने लगानीकर्ताबाटै लगानी गरिनेछ । इलामको रोङ गाउँपालिका वडा नं १ को रम्याङस्थित सिद्धि खोलामा २३ मिटर लामो बाँध बाँधेर जलविद्युत आयोजना सञ्चालन गर्ने तयारी भएको छ ।

जलविद्युत आयोजनालाई १६ कि मि लामो ३३ के भी प्रसारण लाइन निर्माण गरि नेपाल विद्युत प्राधिकरणको फिक्कल सव स्टेशनमा जडान गरिने छ । यस आयोजनाले वार्षिक ५५।७१ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । २०७७ साउन अन्तिममा जलविद्युत आयोजना निर्माण पूरा गर्ने लक्ष्य लिइएको प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार