Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गाउँ आफै बनाउँदै सन्दकपुर ४ माबुमा स्वयसेवी टोल विकास संस्था (तस्बिरहरु) 

गाउँ आफै बनाउँदै सन्दकपुर ४ माबुमा स्वयसेवी टोल विकास संस्था (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • सोमबार, असोज २९ २०८०


गाउँ आफै बनाउँदै  सन्दकपुर ४ माबुमा स्वयसेवी टोल विकास संस्था (तस्बिरहरु) 
सन्दकपुर (माबु) ।  इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरको वडा नम्बर ४ मा टोल विकास संस्था सक्रिय भएको छ । टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएपछि संस्थाले अहिले आफ्नो गाउँ आफै विकास गर्न लागि  परेका छन् ।  सन्दकपुरका ५ वटै वडाहरुमा अहिले जनप्रतिनिधिहरुले टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएका छन् ।
त्यसमध्ये सन्दकपुर ४ मा टोल विकास संस्था अहिले पूर्ण रुपमा संक्रिय भएका छन् । टोल विकास स्वसंसेवी उपभोक्ता संस्था गठन भएपछि अहिले सन्दकपुर ४ मा सडक मर्मतमा संस्थाका सदस्यहरु अभियानका रुपमा लागि परेका छन् । गाउँको विकास निर्माणसँगै गाउँपालिका भित्रका हरेक कामलाई जवाफदेहि बनाउन गठन भएका टोल विकास संस्थाका सदस्यहरु अहिले आफ्नो टोलको कार्यक्षेत्रमा खटिन थालेको वडाअध्यक्ष ढाल बहादूर गुरुङ्गले बताए ।
सन्दकपुरका ५ वटै वडामा टोल विकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएका थिए । सन्दकपुर ४ मा गठन भएका संस्थाहरुले काम शुरु गर्दा गाउँको विकास निर्माण प्रभावकारी हुन थालेको छ । टोल विकास संस्थाका सदस्यहरुले आफ्नो टोकको विकासका लागि हरेक सनिवार जनश्रमदान गर्दै आएका हुन् । टोल सुधारको लागी स्थानिय टोलवासीहरु आफै जनश्रममा खट्ने गरेका छन् । सन्दकपुर ४ माबुमा भाद्र २७ गतेबाट स्वयसेवी टोल विकास संस्थाहरुले आफ्नो जनश्रमदानको काम गर्दै आएका छन् । सन्दकपुर ४ मा ८ वटा स्वयंसेवी टोल विकास संस्था रहेका छन् । अहिले सबै टोल विकास संस्थाले वर्षातमा क्षति भएका सडकहरुको मर्मत गर्दै आएका छन् । काचपाते भीरगाउ सडक मर्मतको काम श्रमदानबाट सम्पन्न भएको छ ।
साविक मावु ८ को सुर्योदय टोल विकास संस्थाकाका सदस्यहरु द्वारा आफ्ना टोल मातहतका कोकेटार देखि दोवाटे सम्मको सडक जनश्रम परिचालन गरी मर्मतको काम थालेका छन् ।  टोल विकास क्षेत्रका सडकहरु आफै मर्मत गर्न सबै टोल विकास संस्थाका सदस्यहरु लागि परेका छन् । टोल विकास संस्थाका सदस्यहरुबाट भीरगाउ, जौवारी, हाङमादेन टोल विकास संस्थाका सदस्यहरुले पक्कु हाङमादेन सडक मर्मत संम्भारको कार्य थालेका छन् । यस्तै मावुथाम टोल विकास स्वयंसेवी उपभोक्ता संस्थाका सदस्यबाट  टोल क्षेत्रका सडक जनश्रमको माध्यमवाट मर्मतकार्य शुरु भएको बताएका छन् ।
सन्दकपुर ४ माबु क्षेत्रका प्रायः टोल विकास संस्थाहरुले आफ्नो टोल क्षेत्रका सबै विकास निर्माणका कामहरु गर्ने र मर्मत गर्ने योजना बनाएका छन् ।  यस्तै मावुथाम टोल विकास संस्थाका सदस्यहरुले आफ्नो गाउँको सडक मर्मतको काम थालेका छन् । साविक मावु २ को तोरीवारी हिले सडक सायावुङ्ग टोल विकास संस्थाको अगुवाइमा पनि सडक मर्मतको काम शुरु भएकोे   छ । जनश्रम परिचालन कार्यमा अग्रणी भुमिका निर्वाह टोल विकास संस्थाका सदस्यहरुबाट हुँदै आएको छ ।
सायावुङ टोल विकास संस्थाका सदस्यहरुले अहिले  सडक मर्मतलाई जोड दिएका छन् । वर्षातमा क्षति भएको सडक डोजर कुदाएर मर्मत गर्दा पर्यावरणमा क्षति हुने गरेकाले टोल विकास संस्थाका सदस्यहरुबाट सडक मर्मतको काम हुँदै आएको वडाअध्यक्ष ढाल बहादूर गुरुङले बताए । उनले भने–‘डोजर कुदाउँदा पर्यावरणमा क्षति हुने, माटो खनेर खाल्टा पुर्ने गर्दा राज्यको करोड बढी सन्दकपुरमा खर्च हुन्छ, त्यसलाई न्युनिकरण गर्न टोल विकास संस्थाका सदस्यहरुबाट मर्मत भएमा राज्यको पैसा अन्य काममा सदुपयोग गर्न सकिन्छ ।’
सन्दकपुर गाउँपालिकाको वडा नम्बर १ मा ३ वटा टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएका छन् । भौगोलिक बस्तुस्थितिका आधारमा टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएको वडा नम्बर २ का अध्यक्ष सनम राईले   बताए । सन्दकपुर वडा नम्बर २ मा ५ वटा टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएका छन् । यस्तै वडा नम्बर ३ मा चार वटा टोल विकास संस्था गठन भएको वडा अध्यक्ष लिल बहादूर बुर्जाले बताए ।
यस्तै वडा नम्बर ५ मा ५ वटै संस्था गठन भएको वडा सदस्य कुमार गुरुङले बताए । टोल विकास संस्थाले विकास निर्माणमा सहयोग गर्ने, दैवि विपद्को उद्धारमा लाग्ने, आफ्नो टोलमा विनियोजित बजेटलाई कार्यान्वयन गर्ने, जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, पालिकाको सकारात्मक गुणात्मक र मात्रात्मक रुपमा विकास गर्न सहयोग गर्ने लगायतका कार्ययोजना रहेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार