Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भन्सार छलेर भारतीय चीज नेपाली बजारमा : नेपाली उद्योगको थन्कियो चीज (तस्बिरहरु ) 

भन्सार छलेर भारतीय चीज नेपाली बजारमा : नेपाली उद्योगको थन्कियो चीज (तस्बिरहरु ) 

  • सुजन तिमल्सिना 
  • आइतबार, असोज २८ २०८०


भन्सार छलेर भारतीय चीज नेपाली बजारमा  : नेपाली उद्योगको थन्कियो चीज (तस्बिरहरु ) 
पशुपतिनगर । अबैध रुपमा नेपाल अचएको भारतीय चीज नेपाली बजारमा बिक्रि हुँदा नेपाली चीज उद्योग संकटमा परेका छन् । दूधको मूल्य वृद्धिसँगै चीजको मूल्य वृद्धि गर्न बाध्य भएका चीज उद्योगहरु भारतबाट आएको सस्तो चीजसँगै प्रतिस्पर्धा गर्न नसक्दा संकटमा परेका हुन् ।
सूर्योदय नगरपालिका ३ स्थित लक्कि डेरी उद्योगमा उत्पादित चीज साउन महिनादेखि बजारमा बिक्रि भएको छैन । साउन १ गतेबाट उत्पादन भएको चीज बिक्रि नहुँदा उद्योगको भण्डारणमा अहिले १५ हजार किलो तयारी चीज थक्किएको छ । बजारमा चीजको माग भदौँ, अशोज र कात्तिक महिनामा बढी हुन्छ ।
सन्दकपुर ३ को सेर्पा डेरीमा उत्पादित ८ हजार किलो चीज अहिले उद्योगमा थन्किएको छ । दैनिक पन्ध्र सय दूध प्रशोधनबाट चीज उत्पादन भएपनि बजारमा चीजको माग नहुँदा उद्योगी समस्यामा छन् ।
लक्की र सेर्पा डेरी मात्रै हैनन्, पूर्वी पहाडी जिल्ला इलामका चीज उद्योगी उत्पादीत चिज बिक्रि नहुँदा संकटमा छन् । अबैध रुपमा भारतबाट चीज नेपाल भित्रिएका कारण नेपाली चीजको माग बजारमा १५ प्रतिशत मात्रै रहेको छ ।
भारतमा तयार भएको चीज सस्तो पर्ने भएकाले नेपाली चीजको खरिद बिक्रिमा समस्या भएको हो । सरकारले एकैपटक दूधमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दा चीजको भाउ पनि महङ्गो भएको सन्दकपुर ३ का चीज उद्योगी रिञ्जि सेर्पाले बताए ।
दूधको भाउँ वृद्धि हुँदा नेपालका उद्योगमा उत्पादित अर्गानिक चीजको मूल्य  प्रतिकिलो १ हजार ५० रुपैयाँ रहेको छ । भारतमा उत्पादित चीज भन्सार छलेर ल्याउने गरेका कारण अहिले ८ सय ५० रुपैयाँमा बिक्रि भइरहेको हो । जसका कारण नेपाली उद्योगहरुमा उत्पादित चीज बिक्रि नहुँदा उद्योगीहरुले किसानलाई दूधको भुक्तानी दिन सकेका छैनन् ।
खुल्ला सीमानाका कारण भारतीय चीज नेपाली बजारमा प्रशस्त पाइने गरेको छ । भारतमा दूध उत्पादन र उद्योग संचालनमा सरकारले सहुलियत ऋण प्रदान गरेकाले चीज उत्पादन लागत कम हुने गरेका कारण सस्तोमा भारतीय चीज विक्रि हुँदै आएको व्यवसायी महेन्द्र प्रधानले बताए ।
नेपालमा दूध पदार्थ उद्योगमा सरकारी सहयोग छैन । दूधको मूल्य पनि बढ्दा चीज उत्पादनको लागत बढेपछि भारतीय उद्योगीसँग नेपाली उद्योगीले प्रतिस्पर्धा गर्न नसकेका हुन् । जसका कारण नेपालको स्वरोजगारमुखि र मध्यम प्रकारका चीज उद्योगहरु संकटमा परेको हिमालय चीज एशोसिएसनका उपाध्यक्ष तुलु तामाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार