Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा माओवादीको श्रमदान, दुईवटा सडक मर्मत

माईजोगमाईमा माओवादीको श्रमदान, दुईवटा सडक मर्मत

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज १४ २०८०


माईजोगमाईमा माओवादीको श्रमदान, दुईवटा सडक मर्मत

इलाम : नेकपा (माओवादी केन्द्र) ले इलामको माईजोगमाई गाउँपालिकामा श्रमदान अभियान सुरु गरेको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मुल नारासाथ माओवादी केन्द्रले संचालन गरिरहेको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत श्रमदान अभियान सुरु गरेको हो ।

द्वैमासिक रुपमा अनिवार्य श्रमदान गर्ने गरी सुरु गरेको अभियान अन्तरगत शनिबार दुईवटा सडक मर्मत गरेको छ । माओवादी केन्द्र माइजोगमाई गाउँपालिका-२ वडा समितिको आयोजनामा जोगमाई सन्सारे माहादेवथान आलेभञ्जयाङ सडक र नयाँबजार छिपछिपे महादेवथान मानेडाँडा भञ्ज्याङ सडक मर्मत गरेको हो ।

वर्षासँगै सडकमा खसेको पहिरो पन्छाउने एवम् भएको खाल्डाखुल्डी पुर्ने काम भएको माओवादी केन्द्र इलामका संयोजक विजय खम्बूले जानकारी दिए । सडक मर्मतपछि स्थानीय उपभोक्ताहरुलाई सेवाप्रवाहमा सहज भएको छ । माईजोगमाई गाउँपालिकामा अभियान कमाण्ड इन्चार्ज माओवादी केन्द्रका केन्द्रीय सदस्य केपी बराल र २ नम्बर वडामा अभियान कमाण्ड इन्चार्ज जिल्ला सदस्य धनबहादुर कठेतको नेतृत्वमा अभियान सञ्चालन भइरहेको छ ।

माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’को क्रममा भदौ १६ गतेदेखि गाउँगाउँ पुगेका छन् । पार्टीका आन्तरिक बैठक सकेर जनश्रमदान, सामाजिक कार्य, भेला बैठक, अन्तरक्रियासहित जनस्तरमा पुगेर पार्टीप्रतिका गुनासा र अपेक्षा लिने काम गरिरहेका छन् । अभियान १५ मंसिरसम्म संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार