Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

स्पोर्टिङ इलाम डे मेचीको प्रशिक्षकमा मेघराज केसी

स्पोर्टिङ इलाम डे मेचीको प्रशिक्षकमा मेघराज केसी

  • सन्देस सम्बाददाता
  • शुक्रबार, असोज १२ २०८०


स्पोर्टिङ इलाम डे मेचीको प्रशिक्षकमा मेघराज केसी

इलाम । स्पोर्टिङ इलाम डे मेचीको प्रशिक्षकमा मेघराज केसीले निरन्तरता पाएका छन् । केसी गत बर्ष समेत इलामको प्रशिक्षकको रुपमा अनुबन्ध भएका थिए । तर एन्फाको आन्तरिक कलहका कारण प्रतियोगिता संचालन हुन सकेन् ।

केसीले पहिलो संस्करणको एनएसएलमा चितवन एफसीको प्रशिक्षण सम्हालेका थिए । ए डिभिजन लिगमा नवप्रवेशी सातदोवाटो युथ क्लबलाई उत्कृष्ट नतिजा दिलाएका केसी हाल त्रिभुवन आर्मीको प्रशिक्षक हुन् । केसीले ए डिभिजन लिगमा थ्री स्टार, जावलाखेल, फ्रेन्ड्स, मछिन्द्र, हिमालयन शेर्पालाई प्रशिक्षण दिएका छन् ।

मोफसलमा आयोजना हुने प्रतियोगिताको उपाधि दिलाएका केसीले लिग विजेताको उपाधि भने जिताउन सकेका छैनन् । केसीले नेपालको यु–१४, यु–१६, यु–१९ र यु–२० टिम सम्हालिसकेका छन् ।

इलामले गत बर्ष प्रशिक्षकमा केसीलाई अनुबन्ध गर्दा मार्की खेलाडीको रुपमा तेज तामाङ रहेका थिए । यस बर्ष इलामले मार्की खेलाडीको रुपमा विकेश कुथुलाई भित्र्याएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार