Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटन दिवसमा पशुपतिनगर देखि थुम्केसम्म पदयात्रा (तस्बिर )

पर्यटन दिवसमा पशुपतिनगर देखि थुम्केसम्म पदयात्रा (तस्बिर )

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ११ २०८०


पर्यटन दिवसमा पशुपतिनगर देखि थुम्केसम्म पदयात्रा (तस्बिर )

फिक्कल । विश्व पर्यटन दिवसको अवसर पारेर इलामको सूर्योदय नगरपालिकाले पदयात्रा गरेको छ । नगरका पर्यटकीय गन्तव्यहरुको प्रचारपसारका लागि पदयात्रा गरिएको हो । इलामको पशुपतिनगरबाट सुरु भएको पदयात्रा थुम्केमा पुगेर समापन भएको थियो ।

नेपाल–भारत सिमा नाका पशुपतिनगरको फाटकबाट सुरु भएको पदयात्रा मानेभञ्ज्याङ बजार–चित्रे गुम्बा–लामिधुरा हुँदै रेडपान्डा पाइने क्षेत्र थुम्केसम्म पुगेको थियो । । नगर प्रमुख रणबहादुर राईको नेतृत्वमा पदयात्रामा जनप्रतिनिधि, कर्मचारी, उद्योगी, व्यवसायी, पत्रकारहरु सहभागि थिए ।

पदयात्राका क्रममा सूर्योदय नगरपालिका–१ मा रहेको एसियाकै प्रख्यात चित्रे गुम्बामा नेपालको झन्डा समेत राखिएको छ । त्यस्तै पदयात्राका क्रममा भेटिएका स्थानीयबासिन्दाले नगर प्रमुख र जनप्रतिनिधिहरुसंग विकास निर्माणको बारेमा चासो राखेका थिए ।

उनीहरुले भारतीय पक्षबाट हुँदै आएको अवरोधको बारेमा समेत नगर प्रमुखलाई सुनाएका थिए । राईले जनताको अपेक्षा अनुसार विकास निर्माणको कार्यहरु हुँदै आएको बताए । उनले योजना लिएर आएको खण्डमा विकास निर्माण र पर्यटन प्रर्वद्धनका लागि तयार रहेको बताए ।

राईले वडाध्यक्ष र स्थानीयलाई पर्यटकीय क्षेत्रमा विशेषता जनाउने बोर्ड र अन्य सामाग्रीहरुको व्यवस्थापन गर्न समेत सुझाव दिए ।

https://www.facebook.com/Localsandesh/posts/pfbid0xoESvCaoafbW1TegTY6AhZZTURrWB7sw3K1agAnawovYr6JonBgQurdB9LkzrNBEl

प्रतिक्रिया
सम्बन्धित समाचार