इलाम । मानेभञ्ज्याङ गोल्डकपको उद्धघाटन खेलमा पानवारी एफसी धरान र विकेएके जलपाइगुडी वेस्ट बंगाल बिच हुने भएको छ । मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङले सार्वजनिक गरेको ड्र अनुसार असोज १५ गते धरान र जलपाइगुडी भिड्ने भएका हुन् ।
सातौ संस्करणको प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पा सहित नेपाल र भारतका १६ क्लबको सहभागि छन् । प्रतियोगितामा नेपालबाट शेर्पा सहित सिरिजंगा एफसी भद्रपुर झापा, रेडहर्स एफसी इलाम, पानवारी एफसी धरान र २५ के एफसी पोखरा सहभागि छन् ।
भारतका बिएसके जलपाइगुरी, सिङलिङ एस्सी सोरेङ सिक्किम, दलसिङपारा एसए डुर्वस, मोहम्मडन एथ्लेटिक कोलकत्ता के एफसी सिलिगुडी, चन्डा एफसी तीनधारिया, जर्जियन एफसी कालेम्पोङ, डिएसए हौराहा कोलकत्ता, आयोजक मानेभञ्ज्याङ एफसी, सिलोङ लाजोङ एफसी, टेरिटोरियल आर्मी दार्जिलिङ छन् ।
असोज २८ (अक्टोबर १०) मा हुने फाइनल खेलको विजेताले भारतीय ५ लाख रुपैया र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको समापनमा गायक सुगम पोखरेलको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ । २०७१ साल (सन् २०१४) बाट प्रतियोगिता आयोजना हुँदै आएको छ ।
