Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

साफ यु-१९ : बंगलादेश माथि भारतकाे जित

साफ यु-१९ : बंगलादेश माथि भारतकाे जित

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ४ २०८०


साफ यु-१९ : बंगलादेश माथि भारतकाे जित

इलाम । डिफेन्डिङ च्याम्पियन भारतले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न प्रतियोगिताको उद्धघाटन खेलमा भारतले गत संस्करणको उपविजेता बंगलादेशलाई ३-० ले हराएको हो । पहिलाे हाफमा २-० गाेल अन्तरकाे अग्रता बनाएकाे भारतले दाेश्राे हाफमा थप १ गाेल गर्याे ।फरवार्ड ग्वामसर गोयरेले खेल सुरु भएको ३३ सेकेन्डमै गोल गरेका थिए ।
कप्तान इसान सिसोडियाको क्रसलाई बंगलादेशका डिफेन्डरले क्लियर गर्न नसक्दा त्यसको फाइदा उठाउँदै गुमसरले सहज गोल गरेका थिए । भारतले पहिलो हाफको इन्जुरी समयमा अग्रतालाई दोब्बर बनायो । विपक्षी डिफेन्डरको गल्तीको फाइदा उठाउँदै नोबा मेटेइले दोस्रो बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।
निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा भारतले थप एक गोल गर्यो । कप्तान इसानको क्रसमा पेनाल्टी बक्स भित्र निगरानीमा नरहेका अर्जुन सिंह ओनामले सहज गोल गरे । जितसँगै भारतले समूह ‘बी’ मा स्पष्ट तीन अंक जोडेको छ ।
गत वर्ष भुवनेश्वरमा भएको सिंगल राउन्ड रोबिनमा आयोजना भएको साफ च्याम्पियनसिपमा बंगलादेश र भारतको समूह चरणमै भेट भएको थियो। उक्त भेटमा बंगलादेशले घरेलु टोली भारतलाई बंगलादेशले २-१ गोलअन्तरले पराजित गरेको थियो। यद्यपि, श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको थियो। नेपालसँग भने बंगलादेश १-१ गोलको बराबरीमा रोकिएको थियो।
फाइनलमा भने भारतले पुनरागमन गर्दै ५-२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो। यता, भारतले समूह चरणमा श्रीलंका, नेपाल र माल्दिभ्सलाई पराजित गरेको थियो।
अब भारतले समूह चरणको दोस्रो खेल भुटानसँग शनिबार खेल्ने छ। सेमिफाइनलमा स्थान बनाउन भारतलाई अब भुटानविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ । बंगलादेश भने आफ्नो दोस्रो खेलमा दबाबमा हुनेछ । शनिबार भुटानविरुद्ध हार ब्यहोरे बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ । दोस्रो खेलमा आयोजक नेपालले साढे पाँच बजे पाकिस्तानको सामना गर्दैछ ।
समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार