Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुनसान बन्दै पुर्वी पहाडकाे मुख्य भन्सार पशुपतीनगर

सुनसान बन्दै पुर्वी पहाडकाे मुख्य भन्सार पशुपतीनगर

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ १४ २०७४


सुनसान बन्दै पुर्वी पहाडकाे मुख्य भन्सार पशुपतीनगर

पशुपतिनगर, । इलामको पशुपतिनगरस्थित भन्सार कार्यालय सुनसान बन्दै गएको छ । यस भन्सारबाट आयात निर्यात हुने समाग्री घटेसँगै राजश्व असुलीमा समेत कमी आएको हो । चालु आर्थिक वर्षको छ महिनामा भन्सारको राजश्व असुली लक्ष्य भन्दा आधा कम छ ।

साउन यता साढे तीन महिनाको दार्जिलिङ आन्दोलनका कारण पनि राजश्व असुलीमा कमी आएको हो । त्यस्तै मेची पहाडमा उत्पादित सामाग्री निर्यात गर्ने क्रम काँकरभिट्टा नाकाबाट बढेको र दार्जिलिङतर्फबाट पनि कम सामाग्री मात्र नेपाल भित्रने गरेकाले भन्सार कामचलाउ अवस्थामा पुगेको हो ।

चालु आर्थिक वर्षको छ महिनाको लक्ष्य ८० लाख ४४ हजार भए पनि ३८ लाख २० हजार रुपैयाँ मात्र संकलन भएको हो । यो आर्थिक वर्षको लक्ष्य १ करोड ७४ लाख रुपैयाँ छ । तर लक्ष्य पुग्न मुस्किल छ । यो नाका मूख्य गरी भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्दा राजश्व संकलन भएर टिकेको छ । पशुपतिनगर भन्सार कार्यालयको मातहतमा मानेभञ्ज्याङ, छब्बिसे र छिरुवा छोटी भन्सार कार्यालय छन् ।

कारोवार नै नभएकाले तुम्लिङ भन्सार बन्द भइसकेको छ । भारतले दार्जिलिङ आन्दोलनका कारण यो नाकालाई सुरक्षा चुनौतीको रुपमा लिएकाले समस्या भएको भन्सारका नायव सुब्बा चेतनाथ खनालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार