Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा कुराउनी उद्योग बढ्दै (तस्बिरहरु)

इलाम नगरपालिकामा कुराउनी उद्योग बढ्दै (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बिहिबार, भाद्र २१ २०८०


इलाम नगरपालिकामा कुराउनी उद्योग बढ्दै (तस्बिरहरु)

इलाम । दूध फटाएर कुराउनी उत्पादन गर्ने उद्योग स्थापना हुने क्रम इलाममा बढेको छ । तराई र पहाडी जिल्लाका मिठाई उद्योगहरुमा कुराउनीको माग बढेपछि दूधकोे विविधिकरण गर्ने उद्योगको सख्या बढेको हो ।

पछिल्लो समय इलाम नगरपालिका भित्रका किसानले दूधको बजार फराकिलो बनाउन यसको विविधीकरण गर्ने क्रम बढेको छ । धेरै किसानले दूध फटाएर खुवा उद्योग स्थापना गरि धमाधम आम्दानी गर्न थालेका छन् ।


तरल दूधलाई ठोस बनाएर किसानले मिठाई उत्पादन गर्ने उद्योगमा बिक्रि गर्दै आएका छन् । गाउँमा संकलित दूध फटाएर कुराउने बनाउने उद्योग स्थापना हुने क्रम पनि बढेको छ । मिठाई उद्योगमा कुराउनीको माग पनि राम्रो भएको इलाम नगरपालिका १ की उद्यमी सन्ध्या राईले बताइन् ।


इलाम नगरपालिकाको १, २ र ३ मा दूध फटाएर कुराउनी बनाउने उद्योगहरु संचालन हुँदै आएका छन् । तरल दूधलाई ठोसमा परिणत गरेर विविधीकरण गरि बजारमा बिक्रिबाट आम्दानी समेत राम्रो हुने गरेको छ ।


दूधका उत्पादनको विविधीकरण गरेर खुवा बनाउने उद्योग इलाम नगरपालिका ४ स्थित पुवाखोलामा मात्रै ३ वटा रहेका छन् । एक उद्योगमा ३ सय ५० देखि ५ सय लिटरसम्म गाईको दूध प्रशोधन हुने गरेको छ । दूध प्रशोधन गर्न किसानबाटै दूध संकलन हुन्छ । दाउराको प्रयोगबाट दूध तताएर खुवा बनाइने भएकाले गाउँमा रोजगारीका अवसर पनि खुलेका छन् ।


ललिपप, पेडा, बम्बइसन जस्ता मिठाईका परिकार बनाउन खुवाको प्रयोग गरिन्छ । मिठाई उद्योगहरुमा दूध फटाएर बनाएको खुवा खरिद गर्दै आएका छन् । दूध फटाएर बनाएको खुवा इलामका मिठाई उद्योगहरुमा बढी खपत हुने गरेको छ । दुध फटाएर बनाएको खुवा प्रतिकिलो ५ सय ५० रुपैयाँसम्ममा बिक्रि हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार